दफा २७
सामुदायिक वन फिर्ता लिन सकिने
(१) दफा २५ बमोजिम सुम्पिएको सामुदायिक वनमा उपभोक्ता समूहले कार्य योजना बमोजिम कार्य सञ्चालन गर्न नसकेमा वा वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने कुनै कार्य गरेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नु पर्ने शर्तहरु पालन नगरेमा डिभिजनल वन अधिकृतले तोकिए बमोजिम त्यस्तो उपभोक्ता समूहको दर्ता खारेज गर्न र त्यस्तो सामुदायिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछ ।
तर त्यसरी उपभोक्ता समूहको दर्ता खारेज गरी सामुदायिक वन फिर्ता लिने निर्णय गर्नु अघि त्यस्तो उपभोक्ता समूहलाई आफ्नो सफाई पेश गर्ने मौका दिइनेछ ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपभोक्ता समूहका पदाधिकारीहरुले समुदायको हितको नाममा विधान र कार्य योजना विपरीत कुनै काम कारबाही गरेको भनी उपभोक्ताको उजूरी परेमा त्यस्ता पदाधिकारीलाई यस ऐन बमोजिम सजाय हुनेछ ।
(२) उपदफा (१) बमोजिम डिभिजनल वन अधिकृतले गरेको निर्णय उपर चित्त नबुझ्ने उपभोक्ता समूहले तोकिए बमोजिम प्रदेश वन निर्देशक समक्ष उजूर गर्न सक्नेछ । त्यस्तो उजूरीमा प्रदेश वन निर्देशकले गरेको निर्णय अन्तिम हुनेछ ।
उ(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपभोक्ता समूहका पदाधिकारीहरुले समुदायको हितको नाममा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही गरेमा निजहरुलाई यस ऐन बमोजिम सजाय गर्न बाधा पुर्याएको मानिने छैन ।